सिटिजन लाइफको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता भर्न कति रकम चाहिन्छ ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन भर्नका लागि २ हजार ४४० रुपैयाँ आवश्यक पर्नेछ । यदि सोभन्दा बढी कित्ताका लागि आवेदन दिने हो भने सो रकम बढ्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
खाना पकाउने ग्यासको मूल्य २३५ रुपैयाँले बढ्यो, डिजेल र पेट्रोलको कति ?
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २३५ रुपैयाले बढाएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य २३५ रुपैयाँले बढेको हो । यस्तै, पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ । अब एलपी ग्यासको मूल्य १ हजार ८ सय ९५ पर्ने छ भने पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ । भारतले मूल्य बढाएर पठाएको भन्दै निगमले पनि मूल्य बढाएको छ । भारतले मूल्य बढाएर पठाएको भन्दै निगमले पनि मूल्य बढाएको छ । निगमका अनुसार भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य ३.१७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४८ रुपैयाँ वृद्धि गरेर पठाएको छ । यस्तै, एलपी ग्यासको मूल्य भने १८६.४८ रुपैयाँ बढाएर पठाएको छ । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमको भनाइ छ ।
वैदेशिक ऋणभन्दा आन्तरिक ऋण धेरै वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए । नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उनको भनाइ थियो । उनले आन्तरिक ऋणको वृद्धि तीब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताए । चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको उनले बताए । उनले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुवै भइरहेको बताए । उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौती र जटिलता रहेको बताए । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको उनले बताए । पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताए । उनले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताए । उनले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गरे । बल, वुद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ थियो । ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋणभन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरुको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तराल नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तीब्र छ । अब आउने दिनहरुमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ,’ उनले भने । उनले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए । उनले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताए ।
संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउँदैन : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले सरकारले संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताएका हुन् । नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि त्यसलाई परिचालन गर्न नसकेको शर्माले बताए । नेपालमा लगानीको अभाव महसुस भएको पनि उनले बताए । सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको शर्माले बताए । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए ।
पढ्न विदेश जानैपर्छ भन्ने मानसिकता फेर्न जरूरी छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत उच्च शिक्षाको लागि विदेशै जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् । कक्षा–१२ को अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता विद्यार्थीमा रहेको उनले बताएका हुन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको अध्ययनका लागि विदेश जान नहुने उनले बताए । अर्थमन्त्री महतले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने र राम्रो अवसर समेत पाउन नसक्ने बताए । नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भए पनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्री महतले नेपालमा प्रविधि क्षेत्रमा ठूलो अवसर रहेको र युवाहरुले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको अर्थमन्त्री महतको भनाई छ । नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको महतले बताए । उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको उनले बताए । अर्थमन्त्री महतले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए ।
भारत निर्यातका लागि ९८ उद्योगीले लिए उत्पत्तिको प्रमाणपत्र
काठमाडौं । उद्याेग विभागले विभिन्न ५ वटा उद्योगका उत्पादन भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) दिने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघबाट आएको सिफारिसका आधारमा विभागले पर्सामा रहेको शिवशक्ति प्याकेजिङ प्रालि पर्साले उत्पादन गर्ने प्लास्टीक सिट भारत निकासीका लागि प्रमाणपत्र दिएको हाे । उक्त बैठकले मोरङको गोल्डेन लेदर इण्डष्ट्रिज मोरङ, पर्साको प्रेष्टिज म्याट इण्डष्ट्रिज, नवलपरासीको लक्ष्मी स्टील्स लिमिटेड र चितवनको ए.एस.डि.सि एशियालाई नेपालमा उत्पादित औद्योगिक उत्पादनहरु भारतमा सहुलियत निर्यात अनुमतिको प्रमाणपत्र दिएको हो । विभागले गत आर्थिक वर्ष ९८ वटा नेपाली उद्योगलाई भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) दिएको जनाएकोे छ । महासंघले गरेको सिफारिसका आधारमा उक्त उद्योगलाई प्रमाणपत्र दिइएको विभागका सूचना अधिकारी रमिला भण्डारीले जानकारी दिइन् । उनका अनुसार उद्योग विभाग भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी पाएको संस्था हो । विभाग अन्तरगतको योजना, अनुगमन तथा मूल्यांकन शाखाले उद्योगले माग गरे अनुसारको प्रमाणपत्र वितरण गर्छ । उद्योगीले सिधै मागेको आधारमा विभागले प्रमाणपत्र वितरण गर्ने भने होइन । नेपाल उद्योेग वाणिज्य महासंघले गरेको सिफारिसका आधारमा विभागका महानिर्देशकको अध्यक्षतामा बस्ने प्राविधिक समितिको बैठकले गरेको निर्णयका आधारमा विभागले सिफारिस गर्ने गरेको छ । निर्यातजन्य उद्योगको हकमा यस्तो अनुमतिपत्र उद्योग विभागले जारी गर्छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा न्यून उद्योगलाई मात्र उत्पत्तिको प्रमाणपत्र वितरण गरिएको हो । विभागले गत आर्थिक वर्ष २०७८/०७९ मा १०५ वटा उद्योगलाई प्रमाणपत्र वितरण गरेकोमा गत आर्थिक वर्ष २०७९/०८० मा कम भएको हो । विभागले आर्थिक वर्ष २०७७/०७८ मा ५७ वटा, आर्थिक वर्ष २०७६/०७७ मा ६५ र आर्थिक वर्ष २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो । यसअघि निजी क्षेत्रका विभिन्न संघ–संगठनबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र जारी हुँदै आएको थियो । तर, निजी क्षेत्रका छाता संगठनले वितरण गरेको प्रमाणपत्र विवादीत बनेपछि सरकारले विभागलाई वितरणको जिम्मा दिएको हो ।
विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ, बैंक खातामा साढे २४ हजार डलर देखाउनु पर्ने
काठमाडौं । नेपाली विद्यार्थीका लागि उच्च शिक्षा पढ्ने शैक्षिक गन्तब्यमध्ये अग्रस्थानमा आउँछ अष्ट्रेलिया । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया जान यसअघि केही सहज भएपनि अब भने कडाइ हुने भएको छ । अब विद्यार्थीहरुलाई भिसा पाउन कठिनसँगै पैसा पनि बढी बचत गर्नु पर्ने देखिएको छ । पढाइसँगै अवसर र कमाइको पनि आकर्षणको गन्तब्यको रुपमा लिइएको अष्ट्रेलिया सरकारले विद्यार्थी भिसामा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभावमा नेपाली विद्यार्थी पर्ने भएका छन् । अष्ट्रेलियन सरकारले नयाँ नियमहरु ल्याएर स्टुडेन्ड भिसामा कडाइ गरेको हो । यसअघि एक वर्षका लागि बचत राख्नुपर्ने रकमको सीमा बढाएको छ । विद्यार्थीहरुले विदेश जानुअघि बैंक खातामा एक वर्षसम्म खान बस्न र पढ्नका लागि बैंकमा पैसा देखाउनु पर्ने हुन्छ । अब विद्यार्थीहरुले एक वर्षका लागि २४ हजार ५०५ डलर बचत गर्नु पर्ने नियम बनाएकाे छ । जुन पहिलेको तुलनामा १७ प्रतिशत बढी हो । पहिले २१ हजार डलर मात्रै खातामा देखाउनु पर्ने व्यवस्था थियो । आजको विनिमयदर अनुसार अब विद्यार्थीले खातामा १३ लाख ६८ हजार बढी रकम खातामा देखाउनु पर्छ । अब विद्यार्थीले वित्तीय कागजात बनाउँदा यसलाई नै आधार बनाएर काम गर्नु पर्ने हुन्छ । यस्तै, विद्यार्थीलाई कागजातमा पनि कडाइ गरिएको छ । के कस्तो कागजात माग गर्ने भन्ने विषय भने खुलाएको छैन । ५० प्रतिशतभन्दा कम भिसा लाग्ने अष्ट्रेलियन कलेजहरुलाई त्यहाँको सरकारले सस्पेन्सन सर्टिफिकेट दिने नियम पनि ल्याएको छ । त्यो भनेको त्यस्ता कलेजहरुले नयाँ विद्यार्थीहरुको भर्ना लिन पाउने छैनन् । यो व्यवस्थाले पनि नेपाली विद्यार्थीलाई भिसा आवेदनमा गाह्रो पर्नेछ । यो नियम भने अक्टोबरबाट लागू हुनेछ । अहिले करिब ८० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पछिल्लो समय त्यो संख्या झन बढ्ने अवस्थामा छ । हरेक नेपाली विद्यार्थीको रोजाइ विदेश बनिरहेको छ । पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शिक्षा हो । शिक्षाबाट त्यहाँको सरकारले धेरै राजश्व संकलन गर्छ । चीन र भारतपछि नेपालका विद्यार्थी बढी अष्ट्रेलियामा जान्छन् । कोरोनापछि केही सहज गरेको अष्ट्रेलियाको सरकारले अहिले भने कडाइको बाटो अँगालेको हो ।
सुजुकीको चाडपर्व लक्षित अफर : नगद छुट, एक्सचेन्ज बोनस र बीमा निःशुल्क
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको हो । ग्राहकले सुजुकीको गाडी किन्दा एक लाख बराबरको नगद छुट पाउनुका साथै एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् । काठमाडौंमा भदौ २६ बाट सुरु हुने नाडा अटो शोको पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत नाडा अटो शोमा थप छुट समेत उपलब्ध गराउने कम्पनीले बताएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । सुजुकीका विभिन्न मोडलका गाडीमा फरक–फरक छुटका शर्तहरु लागू हुने कम्पनीले बताएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ ।