२२ वटा उद्याेगकाे उत्पादन गुणस्तरहीन भएपछि बिक्रीमा राेक, ८ कम्पनी विरूद्ध मुद्दा दर्ता
काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीतका उद्योगहरु सञ्चालन गरेर उपभोक्तालाई ठग्ने व्यवसायी माथि कारबाही बढाएकाे छ । मापदण्ड विपरित खाद्य उद्योग सञ्चालन गर्ने, गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने र न्युन गुणस्तरका सामानहरु उत्पादन गरेर खरिद विक्री गर्ने कम्पनीहरु माथि विभागले कारवाही बढाएकाे हाे । चालु आर्थिक वर्षको पहिलो चौमासमा यस्तो गलत कार्य गर्ने आठ कम्पनी तथा व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यस्तै, विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गरेको भन्दै उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको विभागकी महानिर्देशक डा.मतिना जोशीले जानकारी दिइन् । मुद्दा दर्ता भएका कम्पनीहरूमा माेरङका पूर्वी व्यापार प्रालि,सुसवनी प्याकेजिङ्ग उद्याेग,ॐ जेके उद्याेग,काभ्रेकाे आर्याल जलपान गृह, नवलपरासीकाे साई वाटर इण्डष्ट्रिज विरूद्द मुद्दा दायर भएकाे छ । यस्तै नवलपरासीकै शिव पार्वती पानी उद्याेग,कास्कीकाे त्रिदेव दालमाेठ उद्याेग र कास्कीकै हिमश्री फूड्स प्रालि विरूद्द मुद्दा दर्ता भएकाे हाे । गुणस्तरहीन पिउने पानी उत्पादक चार कम्पनी, लेबल विवरण झुठा दिने दालमोठ कम्पनी, न्युन गुणस्तरकाे तयारी चाउचाउ उत्पादन गर्ने, दुषित लड्डु उत्पादन गर्ने र न्युनस्तरको खुर्सानीको धुलो उत्पादन गर्ने आठ खाद्य कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको विभागले जनाएकाे छ । ती मुद्दाहरु मोरङ, काभ्रे, नवलपरासी र कास्की जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतहरुमा दर्ता भएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । गत आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकमा एक सय १४ वटा मुद्दा खाद्य प्रविधि तथा नियन्त्रण विभागमा दर्ता भएका थिए । गतवर्षको पहिलो चौमासिकमा खाद्य गुणस्तर मापदण्डको पालना नगरि बारा जिल्लामा मात्र ३२ वटा मुद्दा दर्ता भएका थिए । चितवन जिल्लामा ३० वटा पर्सामा ११, काठमाडौं जिल्लामा मात्र ११ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्षको पहिलो चौमासिकमा काठमाडौं जिल्लामा एउटा मुद्दा पनि दर्ता भएको छैन् । यस्तै खाद्य ऐन तथा नीति उल्लंघन गर्ने झापामा सात, सिराहामा चार, भक्तपुरमा चार, मकवानपुरमा पनि चार, बाँकेमा तीन, कास्कीमा तीन, कैलालीमा एक, नवलपरासी एक र नुवाकोटमा एक मुद्दा जिल्ला अदालतहरुमा विचाराधीन छन् ।
एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमले ल्यायाे ‘साैगात एसईई तयारी कक्षा’
काठमाडौं। मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ । डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ । डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् । यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ । एसईईका विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै एसईइ दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि एसईइ तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं।” डिशहोम नेपालमा टिभी च्यानल वितरण गर्ने सबैभन्दा ठूलो सञ्जाल र पहुँच भएको वितरक हो । यस मार्फत् वितरित च्यानलहरु साँच्चिकै एचडि प्रविधिको भएको अनुभव दर्शकहरुले गर्ने गरेका छन् । उत्कृष्ट गुणस्तरको प्रसारण सिग्नल भएको यो च्यानलबाट विद्यार्थीहरुका लागि प्रसारण गरिने एसईई तयारी कक्षाको सहयोगबाट भविष्य उज्वल बनाउने उद्देश्यमा अघि बढेका विद्यार्थीहरु लाभान्वीत हुनेछन् भन्ने विश्वास गरिएको छ ।
कामना सेवाको १०८औ शाखा बाग्लुङ्गको हल्लनचोकमा
काठमाडौं । कामना सेवा विकास बैंकले बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
दर्ताबिना दाङमा मात्रै साढे ६ हजार उद्योग सञ्चालन
काठमाडौं । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उनको भनाइ छ । “दाङमा उद्योगको हामीले तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “तीमध्ये अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, यी उद्योगलाई मापदण्डमा ल्याउनुपर्छ ।” दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् । घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् । जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता नभएको पाइएको छ । लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ । त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन् । बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन् । दगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन् । यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् । गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन् । राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान रहेका छन् । जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् । जिल्लामा विसं २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए । त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कले जिल्लामा आर्थिक विकास वृद्धि हुँदै गएको पाइएको प्रमुख पोख्रेलले बताए । रासस
कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
नेस्ले इन्डियाले नेपालमा ‘सर्भ सेफ फूड’ प्रोजेक्ट शुरु गर्दै, ५०० स्ट्रीट फूड विक्रेतालाई तालिम
काठमाडौं – नेस्ले इन्डियाले नेपालमा “सर्भ सेफ फूड प्रोजेक्ट” शुरु गरेको छ । नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सो परियोजना शुरु भएको हो । यस प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय ट्रीट फूड बिक्रेताहरुलाई तालिम दिइनेछ । सर्वप्रथम भारतमा सन् २०१६ मा संचालन गरिएको यस परियोजनाको ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड बिक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो । उक्त प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ । नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हुने बताएका छन् । नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गरेको नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले बताए ।
एसइई परीक्षा चैत ६ गतेबाट
काठमाडौं। २०७६ सालको एसईईको परिक्षा चैत ६ गते हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा चैत ६ हुने भन्ने सोमबार निर्णय गरेको हो। बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको हो। पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । परिक्षा बिहान ८ बजे देखी ११ बजे सम्म हुने बोर्डले जनाएको छ।
“होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषित, १० जनाले पाए लाखाैंका नगद उपहार
काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । बम्परमा सोही लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले रु. ४ लाख, आयुष महर्जनले रु. ३ लाख, गंगा गुरुङले २ लाख, त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले रु. १ लाख नगद पुरस्कार जितेका थिए । यसका साथै, मोरङका तोयानाथ गौतम र धनगडीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निःशुल्क थाईल्याण्ड भ्रमण जितेका छन् । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ ,ऋषि पाण्डे ,कृष्णमुरारी पुडासैनी ,मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निःशुल्क दुबई भ्रमण जितेका छन् । सन् १९७६ मा स्याकार कम्पनी लिमिटेडको रुपमा स्थापित यस कम्पनीमा ््््होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।