सेयर बजारमा ८ अर्बको कारोबार, महालक्ष्मी विकास बैंकमा सकारात्मक सर्किट

  २०८१ फागुन २७ गते १५:१४     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा झरेको छ । यो सहित लगातार सातौं दिन सेयर बजार घटेको छ ।

आज ३२ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवतन भएको छैन ।

मंगलबार ३०३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५८ करोड रुपैयाँको कारोबार भएको छ ।

साथै नेपाल रिइन्स्योरेन्सको ५३ करोड, महालक्ष्मी विकास बैंकको ४३ करोड, गार्डियन माइक्रो लाइफको ३७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको ३१ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक सेक्टर बाहेक अरूमा राताम्मे देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढेको छ ।  बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशतले घटेकाे छ ।

 आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।