२०८१ माघ २३ गते ११:०६ विकासन्युज
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतीतोला एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.