रेकर्ड बिन्दुबाट घट्यो अमेरिकी डलर, चिनियाँ युआनको भाउ १९.२५ रुपैयाँ

  २०८१ माघ २३ गते ७:२१     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार नयाँ रेकर्ड बनाएर उच्च बिन्दुमा पुगेको अमेरिकी डलर बुधबार भने घटेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.६२ रुपैयाँ तोकेको छ ।

आज युरोपियन यूरोको एकको खरिदर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.६० रुपैयाँ र बिक्रीदर १७३.३५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९५ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३६ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४९ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.१३ रुपैयाँ र बिक्रीदर ३८.३० रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२८ रुपैयाँ र बिक्रीदर ३१.४२ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२४ रुपैयाँ र बिक्रीदर १९.३२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९३ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४५०.०४ रुपैयाँ र बिक्रीदर ४५१.९८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.७४ रुपैयाँ र बिक्रीदर ३७०.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६१.०९ रुपैयाँ र बिक्रीदर ३६२.६५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।