२०८१ माघ २२ गते १८:३४ विकासन्युज
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्र सुधार हुन थालेको बताएका छन् । राजस्व अनुसन्धान विभागले आयोजना गरेको राजस्व चुहावट नियन्त्रयासँग सम्बन्धित नवीन प्रावधानहरू र भीसीटीएसको प्रयोग तथा परिपालनासम्बन्धी आन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको मासिक प्रतिवेदनलाई उल्लेख गर्दै अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गरेका हुन् ।
अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रहरू लयमा फर्किएको, आयात र निर्यात वृद्धि भएको, कर्जा विस्तार ५.२ प्रतिशतले वृद्धि, राजस्व १२ प्रतिशतले वृद्धि भइरहेकाले बजार चलायमान भएको उनको भनाइ छ । यो धेरै राम्रो अवस्था नभए पनि सकारात्मक तरिकाले अघि बढ्को अध्यक्ष ढकालले बताए ।
यस्तै, उनले सरकारले पछिल्लो समय अध्यादेशमार्फत गरेको कानुनी संशाेधनले नीजि क्षेत्रलाई सकारात्मक बल पुगेको बताए । उनले कानुन निर्माणसँगै कार्यन्वयनमा पनि ध्यान दिन सरकारलाई अनुरोध गरे ।
उनले भने, ‘सरकारले एकैसाथ १२ वटा कानूनलाई अध्यादेशमार्फत संसोधन गरेको छ । त्यो अनुसारको नीति, कार्यविधि बनाएर कार्यन्वयतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्दछु ।’
निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सकिएन भने रोजगारी र राजस्वमा चाप पर्ने र सग्रह अर्थतन्त्रलार्य नै असर गर्ने अध्यक्ष ढकालकाे भनाइ छ । यसका लागि व्यवसायीमैत्री नीतिमा सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जाेड दिए ।
उनले भने, ‘निजी क्षेत्रको लगानीलाई प्रोमोट गर्न सकिएन भने निजी क्षेत्रले व्यवसायी क्रियाकलाप अघि बढाउन सकेन भने त्यसले राेजगारी, राजस्व र पुर्वधार निर्माणमा नकरात्मक असर पुग्छ । त्यसकारण पनि राम्रा कानुनलाई कार्यान्वयन गर्न सरकारले तदारुकता देखाउनु पर्दछ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.