२०८१ माघ २२ गते १०:४७ विकासन्युज
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.