२०८१ माघ २१ गते १६:५६ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा प्रदेशमा पर्यटकीय दृष्टिकोणले विभिन्न सम्भावना रहेको प्रतिवदेन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ६ वटा प्रदेशको आर्थिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेन सार्वजनिक गर्दै त्यहाँ विभिन्न सम्भावना रहेको उल्लेख गरेको हो ।
कुन प्रदेशमा कस्तो सम्भावना ?
कोशीमा होटल तथा रिसोर्टको सम्भावना
नेपालको पर्यटन रणनीति २०१६-२०२५ को दोस्रो चरण २०२१-२०२५ अन्तर्गतमा नयाँ उत्पादनहरूलाई एकीकृत गर्नमा जोड दिइने रणनीति लिइएकाले सोबाट फाइदा लिन सकिने साथै सन् २०२५ मा २५ लाख २२ हजार ४० पर्यटक आउने अपेक्षा गरिएकाले कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय गन्तब्यहरूमा सुविधा सम्पन्न होटल, रिसोर्ट, लज तथ होमस्टेहरू सञ्चालन गर्न सके पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तथा पर्यटकले गर्ने खर्च बढाउन सकिने भएकोले आर्थिक क्रियाकलाप वृद्धि हुने सम्भावना देखिएको छ ।
कोशी प्रदेशमा उच्च गुणस्तरको शिक्षा र स्वास्थ्य सेवाहरूको माग बढिरहेको सन्र्दभमा कोशी प्रदेशको प्रमुख सहरहरूमा निजी र सार्वजनिक शैक्षिक संस्था तथा अस्पतालहरूको विस्तार हुन सक्ने सम्भावना प्रतिवेदनमा उल्लेख छ ।
सरकारले प्रत्येक स्थानीय निकायहरूमा अस्पताल तथा स्वास्थ्य चौकीहरूको निर्माण कार्यलाई तीव्रता दिएको तथा प्रत्येक जिल्लामा निजी अस्पताल र क्लिनिकहरू खुल्ने क्रम बढेसँगै गुणस्तरीय स्वास्थ्य सेवाहरूमा सर्वसाधारणको पहुँच विस्तार हुने देखिन्छ साथै ग्रामिण क्षेत्रहरूमा टेलिमेडिसिन सेवा र गुणस्तरीय शिक्षाको लागि ई-लर्निङ सेवा सुरु गर्न सक्ने देखिएको छ ।
कोशी प्रदेशमा प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, साहसिक महत्वका स्थलहरूको पहिचान, समुचित प्रर्वद्धन, विकास तथा प्रचारप्रसारका साथै पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकार तथा स्थानीय तहले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेकोले आगामी दिनमा पर्यटन क्षेत्र यस प्रदेशको अर्थतन्त्रको मुख्य संवाहकको रुपमा विस्तार हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेटको पहुँच विस्तारसँगै सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाट भन्दा बढी अर्थतन्त्रमा योगदान गरेको सन्र्दभमा कोशी प्रदेशमा पनि सूचना प्रविधि क्षेत्रका नयाँव्यवसायहरू सुरु गर्न सकिने तथा सबै स्थानीय तहमा कम्तीमा एउटा बैंक तथा वित्तीय संस्थाको विस्तार भई वित्तीय सेवाको पहुँच बढ्दै गएकाले अनौपचारिक अर्थतन्त्रको हिस्सा कम हुँदै जाने प्रतिवेदनमा उल्लेख छ ।
मधेशको सान बढाउन सक्छन् धार्मिक स्थल
मधेश प्रदेशमा सिम्रौनगढ, गढीमाई मन्दिर, जनकपुरको जानकी मन्दिर, जलेश्वर महादेव र सप्तरीको छिन्नमस्ता मन्दिर जस्ता ऐतिहासिक एवम् धार्मिक महत्वका तीर्थस्थलहरू रहेकाले यस प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटन विकासको राम्रो सम्भावना रहेको छ ।
मधेश प्रदेश ताजा माछाको लागि लोकप्रिय रहेको तथा हवाई र स्थलमार्गको सुगम पहुँच रहेकोले स्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरेमा माछापालन हुने स्थानहरूमा मत्स्य पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ ।
उपयुक्त भौगोलिक संरचना रहेकोले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई समावेश गरी एकीकृत पर्यटन कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको देखिन्छ । जनकपुर क्षेत्रमा रहेको पोखरी तथा तालतलैयाहरू लगायत शहरको उचित सरसफाई र श्रृंगार गरी पर्यटक आकर्षित गर्न सकेमा यसबाट समेत पर्यटन क्षेत्रको विस्तार गर्न सकिने सम्भावना छ ।
भारतसँग खुल्ला सिमाना भएकोले पर्यटन पूर्वाधार विकास गर्न सके स्तरीय भारतीय पर्यटक भित्र्याउन सकिने उच्च सम्भावना रहनुका साथै मधेश प्रदेश कृषि तथा माछापालनमा अग्रस्थानमा रहेकाले कृषिलाई आकर्षक र आधुनिक व्यवसायको रुपमा विकास गरी कृषि पर्यटन लगायतका पर्यटकीय विकास गर्न सकिने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पर्यटकको ठूलो गन्तव्य बन्न सक्छ गण्डकी
नेपाल सरकारको आ.व. २०८१/८२ को बजेटले सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सातै प्रदेश समेटिने गरी टाकुरा पर्यटकीय गन्तव्य, इकोहिल स्टेशन, धार्मिक स्थलको दर्शन गर्न यातायात सेवाको सञ्चालन, प्रयोगविहीन विमानस्थललाई साहसिक पर्यटकीय खेलमा प्रयोग, जनकपुरलाई वेडिङ हव, लुम्बिनीलाई बर्थिङ हव लगायतका कार्यक्रमहरु समेटेकोले सोको कार्यान्वयनबाट गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारले कास्की जिल्लाको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको तथा गण्डकी प्रदेश आफैमा उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले सुविधासम्पन्न होटल तथा लजहरु लगायत पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्न सकेमा पर्यटनबाट रोजगारी, आय बढाउन सकिने सम्भावना देखिएको उल्लेख छ ।
पोखरा अन्तरर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालनमा ल्याउन सकेमा यस प्रदेशमा आन्तरिक तथा बाह््रय पर्यटकको आगमन बढ्न सक्ने तथा उत्तर दक्षिण लोकमार्गकोरुपमा रहेको कालीगण्डकी कोरिडोरकोकाम द्रुत गतिलेअघि बढेकाले निर्माण सम्पन्न भएपश्चात् सडकमार्गबाट चीन र भारतसँग सोझैसम्बन्ध कायम हुने भएकाले भारतीय र चिनिया पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेनुका साथै नेपाली कृषि तथा औद्योगिक उत्पादनलाई समेत सहजै निर्यात गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
यस प्रदेशको सबै स्थानीय तहहरूमा वाणिज्य बंकै का शाखा स्थापना भइसकेको साथै बकै वित्तीय संस्थाहरुले वित्तीय साक्षरताको कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेकाले सम्पूर्ण जनताहरुमा वित्तीय पहुँच थप विस्तार हुदै जाने तथा यस प्रदेशलाई रहेको गण्डकी विश्वविद्यालयलाई माइनिङ बायोडाइभर्सिटी तथा हाइड्रोपावरको विशिष्टकृत अध्ययन/अध्यापन गराउने विश्वविद्यालयको रुपमा विकास गर्न सके तथा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा बाह्य मुलुकहरूबाट समेत विद्यार्थी आकर्षित गर्न सकेमा यस प्रदेशमा शैक्षिक क्षेत्रको विकास गर्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
ट्रेकिङको हब बन्न सक्छ लुम्बिनी
नेपाल सरकारले बजेट मार्फत घोषणा गरेका विभिन्न कार्यक्रमहरु जस्तै लुम्बिनीलाई बर्थिङ हव, बुटवल– भैरहवा कोणमा धार्मिक पर्यटन र बुटवलमा सूचना प्रविधि पार्क निर्माण गर्ने कार्यक्रम राखिएको हुँदा यस प्रदेशमा सेवा क्षेत्रको उल्लेखनीय वृद्धि हुन सक्ने सम्भावना देखिएको छ ।
आधारभूत पूर्वाधार विकास गरी राप्ती तथा कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग, ग्रामीण क्षेत्रमा ट्रेकिङ, पर्वतारोहण, तथा साइकल यात्रा सम्बन्धि पूर्वाधारहरु निर्माण हुन सकेमा साहसिक पर्यटनको प्रवद्र्धन गर्न सकिने, तिलौराकोट, लुम्बिनी र देवदह क्षेत्रहरुमा थप पूर्वाधारहरु निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न सकेमा आन्तरिक एवम्वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस प्रदेशका विभिन्न पर्यटकीय स्थलहरु घुमाउने प्रयोजनका लागि तालिम प्राप्त गाईडको व्यवस्था गर्न सकेमा सेवा क्षेत्रमा थप रोजगारी सिर्जना हुने सम्भावना छ ।
पर्यटकीय स्थलहरुको कमाण्डर कर्णाली
पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको यस प्रदेशमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका पर्यटकीय स्थलको पहिचान, संरक्षण र सम्बद्र्धन गर्नमा तिनै तहका सरकारी निकायहरुको ध्यानाकर्षण भएमा साथै उक्त विषयलाई उच्च प्राथमिकताका साथ नीति तथा कार्यविधिमा सम्बोधन भएमा पर्यटकीय पूर्वाधारहरुको तीव्रतर विकास गरी कर्णाली प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान वृद्धि गर्दै समग्र कर्णालीबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने उच्च सम्भावना रहेको छ ।
यस प्रदेशमा रारा, शे-फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, पचाल झरना, बुलबुले ताल, काँक्रेविहार, सिँजा सभ्यता र पञ्चकोशी लगायतका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरु रहेकोले पर्यटन पूर्वाधारहरुको विकास र बिस्तार गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उच्च सम्भावना रहेको ।
यस प्रदेशको हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा इन्टरनेटको न्यून पहुँच भएको अवस्थामा इन्टरनेटको विस्तारको उच्च सम्भावना रहेको छ । त्यस्तै, सुर्खेत विमानस्थललाई स्तरोन्नती गरी प्रदेश अन्तर्गतका जिल्लाहरु डोल्पा, मुगु, हुम्ला, जुम्ला तथा रुकुम पश्चिममा यात्रुवाहक हवाई सेवा नियमितरुपमा सञ्चालन गर्न सकेमा यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन गई आय तथा रोजगारी बढ्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको पहँुच र वित्तीय साक्षरतामा आएको सुधारले घरेलु, साना तथा मझौला उद्योगहरुको विकास हुने क्रम बढ्दो रहेकोले सो क्षेत्रमा कर्जा बिस्तारको सम्भावना उच्च रहेको उल्लेख छ ।
सुदूरपश्चिममा लगानी बढाउन आवश्यक
नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेश सरकारमा पर्यटनमा विविध सम्भावना रहेको उल्लेख गरेको छ । स्थानीय तथा प्रदेश सरकारबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवम् प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवम्बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवम् रोजगारीमा टेवा पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा जनसंख्याको अनुपातमा कर्जा लगानी कम रहेकाले कर्जा लगानीमा वृद्धि गरी आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरु बढाउन सकिने, प्रदेशका सातदेवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई धार्मिक सर्किटको रूपमा प्रवद्र्धन गर्न सकिने उल्लेख छ ।
यस्तै, प्रदेश सरकार तथा स्थानीय तहबाट पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण एवं प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनमा रहेकोले आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवं रोजगारीमा टेवा पुग्न सक्ने उल्लेख छ ।
कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना भएपश्चात गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै यी पूर्वाधारहरुको सञ्चालनले आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुन सक्ने र यस प्रदेशमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा समेत उल्लेख्य विकास भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत् सेवा क्षेत्रलाई थप इकमर्स व्यवसायतर्फ चलायमान बनाउन सकिने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.