२०८१ माघ २१ गते १५:५९ विकासन्युज
काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।
विगत २३ वर्षदेखि यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.