सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

  २०८१ माघ २१ गते १५:१९     विकासन्युज

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड, बरण हाइड्रोपावरको ३० करोड, साहस ऊर्जाको २७ करोड र एक्सल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक रहेका छन् ।

सोमबार सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशतले बढेको छ । अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।