२०८१ माघ १० गते १२:११ विकासन्युज
काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ९९ किलोवाट मोटर पावर क्षमताको केई एक्स थ्री प्रो ईभी नेपालमा भित्र्याएको छ ।
यसको सुरुआती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केही अवधिको लागि मात्रै लागू हुने बिक्रेताले जनाएको छ ।
कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेवल एसयूभी हुने कम्पनीको दावी छ ।
एक्स थ्री प्रो इलेक्ट्रिक सवारीसाधन मात्रै नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनिय पर्मफेन्सको संगमसमेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री जडान छ । जसले २६० एनएमसम्मको उच्चतम टर्क प्रदान गर्छ ।
एक्स ३ प्रो ईभीको लम्बाई ४ हजार ४४३ एमएम, चौडाई १ हजार ८३१ एमएम र उचाई १ हजार ६४६ एमएम छ भने यसको ह्विलवेस २ हजार ६२२ एमएम छ । ५ सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।
केई एक्स ३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लिरेन्स १८३ एमएम छ । विभिन्न पाँच कलर अप्सनमा केई एक्स ३ प्रो ईभीमा उपलब्ध छ । केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडस्थित नौवटा शोरुम सञ्चालन गर्दैआएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.