२०८१ पुष २९ गते १८:३० विकासन्युज
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा सोमबार सभा सम्पन्न भएको हो ।
सभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरूसहित आव ०८०/०८१ को ०.५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र ९.५ प्रतिशत बोनस सेयर पारित गरेको छ ।
यसपश्चात संस्थाको हालको चुक्ता पूँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ रुपैयाँ पुगेको छ ।
साथै उक्त सभामा सर्वसम्मत रूपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ ।
नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्रबहादुर क्षेत्री, चन्द्रबहादुर बस्नेत, रमाकुमारी शर्मा र गणेश पौडेल तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट विश्वराज नेपाल र युक्तबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्रबहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ ।
साधारणसभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.