२०८१ पुष २६ गते १३:१२ विकासन्युज
काठमाडौं । हाइवे सडकभन्दा केही मिटर भित्र । हिँडेर जाँदा करिब ५ मिनेट जति लाग्छ । बाहिरको गेटमै उभिएका छन् सशस्त्र प्रहरी । गेट बन्द छ । सानो बाइक छिर्ने र मान्छे हिँड्न मिल्नेसम्मको बाटो खुला । गेटमा पुग्नेबित्तिकै सोधिन्छ- केको लागि होला ? कामकुरो भनिसकेपछि भित्र जाने अनुमति पाइन्छ । बाहिरको गेट कट्नेबित्तिकै भित्र खुला ठाउँ देखिन्छ । बाहिरको गेटबाट अनुमति पाएर भित्र पस्दा अर्को ठूलो गेट आउँछ । झट्ट हेर्दा कुनै रिर्सोटजस्तो सफा, चिटिक्क, हरियालीसुन्दर पार्क, पार्किङ ।
शान्त वातावरण, कोही फाट्टफुट्ट ओहोरदोहोर गरिरहेको देखिन्छन् । यो दृश्य हेर्दा लाग्दैन कि यो कुनै अस्पताल हो । जसले दिनहुँ हजारौंको उपचार गर्छ । तर, ओपीडी इमर्जेन्सीमा पुग्दा अलि भीडभाड देखिन्छ । अन्य अस्पतालजस्तो घुइँचो यहाँ छैन । बुधबार देखिएको यो दृश्य हो- काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.