२०८१ पुष १७ गते १६:३७ विकासन्युज
काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकले प्रविन पन्दाकले शपथ लिएकी छन् ।
उनले बुधबार सिडिएस सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार समालेकी छन् । ४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरिएको हो ।
उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.