२०८१ पुष १७ गते १६:१३ विकासन्युज
काठमाडौं । टेस्लाले चीनमा निर्मित मोडल थ्री र मोडल वाई गाडीका ७७ हजार ६५० एकाइको सफ्टवेयर सुधार गर्ने भएको छ ।
चीनको बजार नियामक निकायले मंगलबार यस्तो जानकारी दिएको हो ।
टेस्लाको सुरक्षात्मक कदमलाई लिएर सफ्टवेयर समस्या समाधान गर्न लागिएको हो ।
सफ्टवेयरको त्रुटिका कारण गाडी सुरु भएपछि टायरको दबाव तत्काल देखाउन नसक्ने समस्या उत्पन्न भएको पाइएको छ ।
यो समस्या समाधान गर्न गाडी फिर्ता गर्नुपर्ने वा ग्राहकले पैसा फिर्ता पाउने विषयमा भने अझै स्पष्टता भएको छैन ।
टेस्लाले मोडल एस र मोडल एक्सका ६३ आयात गरिएका गाडीहरू पनि फिर्ता बोलाएको छ, जसमा चालकको अगाडिको एयरब्यागसम्बन्धी समस्या पाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.