फर्डले २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने

  २०८१ पुष १७ गते १५:०६     विकासन्युज

काठमाडौं । फर्डले ब्याट्रीसँग सम्बन्धित चिन्ताका कारण २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने भएको छ ।

राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले मंगलबार घोषणा गरेअनुसार २०२० देखि २०२४ मोडल वर्षका फर्ड इस्केप र लिंकन कोरसेयर हाइब्रिड गाडी समावेश छन् ।

उच्च भोल्टेज ब्याट्री सेलहरूमा निर्माण त्रुटिका कारण आन्तरिक सर्ट सर्किट र ब्याट्री फेल हुने सम्भावना रहेको पाइएको छ।

डिलरहरूले ब्याट्री ऊर्जा नियन्त्रण मोड्युलको सफ्टवेयर अद्यावधिक गर्ने जनाइएकाे छ।

आवश्यकताअनुसार उच्च भोल्टेज ब्याट्री प्याक पनि निःशुल्क बदलिनेछ ।

ग्राहकको सुरक्षाका लागि कार फिर्ता गर्न लागिएको हो ।

फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो । हेनरी फोर्डले सन् १९०३ मा यो कम्पनी स्थापना गरेका थिए ।