२०८१ पुष १५ गते १०:१० विकासन्युज
काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन् । सिडिएसको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् ।
यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.