२०८१ मंसिर २८ गते १६:४९ विकासन्युज
काठमाडौं । क्यानाडामा नोभेम्बरमा बेरोजगारी दर ६.८ प्रतिशत पुगेको छ, यो सेप्टेम्बर २०२१ पछिको उच्चतम स्तर हो । पछिल्लो दुई वर्षमा देशमा बेरोजगारी दर १ दशमलव ८ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस अवधिमा युवा बेरोजगारी दर ४.६ प्रतिशत अंकले बढेर १३.९ प्रतिशत पुगेको छ ।
यसैबीच बैंक अफ क्यानडाले ब्याजदरमा ५० आधार अंकले कटौती गरेको छ । यो वर्ष बैंकले पाँच पटक ब्याजदर घटाएको हो । क्यानडाको अर्थतन्त्र विगत छ त्रैमासिकदेखि प्रतिव्यक्ति आधारमा घट्दै गएको छ ।
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टाको शैलीमा हालै क्यानडालाई अमेरिकाको ५१ औं प्रान्त बनाउनु पर्ने ठट्टाको स्वरमा भनेका थिए । सत्य यो हो कि क्यानडाको आर्थिक अस्तित्व संयुक्त राज्य अमेरिकासँग गहिरो रूपमा जोडिएको छ ।
ट्रम्पले क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने कुरा गरेसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो तत्कालै ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका थिए । संयुक्त राज्य क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो । सन् २०२२ मा दुई देशबीचको व्यापार ९६०.९ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । क्यानडाको विश्वव्यापी व्यापारको ६३.४ प्रतिशत अमेरिकाले ओगटेको छ ।
क्यानडमा मन्दी ?
क्यानडाले २०२२ मा अमेरिकालाई ५९८ बिलियन डलर निर्यात गरेको थियो, जुन यसको कुल निर्यातको ७५ प्रतिशत थियो । दुई देशबीचको सम्बन्ध व्यापारमा मात्र सीमित छैन । दुवै देशको अर्थतन्त्र धेरै हदसम्म एक अर्कामा निर्भर छ ।
अमेरिकाको ऊर्जा आयातको ५१ प्रतिशत क्यानाडाबाट आउँछ । क्यानडाका कम्पनीहरूले अमेरिकामा ६२० अर्ब डलर लगानी गरेका छन् भने अमेरिकी कम्पनीहरूले क्यानडामा ५५० अर्ब डलर लगानी गरेका छन् ।
२० लाखभन्दा बढी क्यानडाली रोजगारीहरू अमेरिकासँगको व्यापारमा निर्भर छन् ।
बैंक अफ क्यानडाका पूर्वगभर्नर स्टीफन पोलोजले देशको अर्थतन्त्र मन्दीमा रहेको बताएका छन् । तीव्र जनसंख्या वृद्धिका कारण अर्थतन्त्रका कमजोरी लुकेको उनको भनाइ छ ।
उनले हालैको एक कार्यक्रममा क्यानडामा मन्दी रहेको र यो मन्दी प्राविधिक नभएको बताएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.