बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल

  २०८१ मंसिर २७ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् ।

अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्।

दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् ।

मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।