२०८१ मंसिर २७ गते १६:५० विकासन्युज
काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबीच सम्झौता भएको छ ।
एक विशेष समारोहबीच टाटा कमर्सियल गाडीमा जडान भएका बोस एफआईपीहरूको मर्मत तथा सम्भारसम्बन्धि सेवाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफआईपीसम्बन्धि मर्मत सम्भारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा न्यून खर्च र निश्चित मूल्यमा गर्न पाउनेछन् ।
यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ।
कम्पनिले जेन्यूइन पार्ट्सहरूमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.