२०८१ मंसिर २७ गते १३:२० विकासन्युज
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
मंसिर २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।
कम्पनीले पछिल्लो आव २०७७/७८ मा २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसपछिका वर्ष भने लाभांश वितरण गरेको छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.