सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त, २ दशक बढीको अनुभव

  २०८१ मंसिर २७ गते १३:०२     विकासन्युज

काठमाडाैंं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

चार्टर्ड एकाउण्टेन्टसमेत रहेका देवकोटा यसअघि नबिल स्टक डिलरको सीईओ थिए। गत वर्षको अन्त्यतिर उनले व्यक्तिगत कारण देखाएर नबिल स्टक डिलरबाट राजीनामा दिएका थिए।

नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक र नबिल स्टक डिलरमा काम गरिसकेका देवकोटासँग बैंकिङ क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ ।

देवकोटाले नेपाल ग्रामीण विकास बैंक, सविक आइएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यका रूपमा पनि काम गरिसकेका छन् । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर उपाधि हसिल गरेका छन्।