उच्च मूल्यबाट तल झर्यो अमेरिकी डलरको भाउ, निरन्तर ओरालो लाग्दै यूरो

  २०८१ मंसिर २७ गते ८:०५     विकासन्युज

काठमाडौं । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.२० रुपैयाँ र बिक्रीदर १४२.८३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४० रुपैयाँ र बिक्रीदर १७३.१७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.३० रुपैयाँ र बिक्रीदर १५३.९८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.४८ रुपैयाँ र बिक्रीदर ९५.९० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७७ रुपैयाँ र बिक्रीदर १०१.२२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०५ रुपैयाँ र बिक्रीदर ३६.२१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४६ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४३ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.९७ रुपैयाँ र बिक्रीदर ३६०.५६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.७९ रुपैयाँ र बिक्रीदर ३५३.३५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।