अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता

  २०८१ मंसिर २६ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपालमा मानव अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता भएको छ ।  सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन ( एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता भएको हो ।

एकताको लागि दर्ता प्रक्रियामा रहेको संस्थाको नाम सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट अफ नेपाल रहेको छ । एकीकृत संस्थाको ३ वर्षसम्म डा. पुकारचन्द्र श्रेष्ठ अध्यक्ष  बन्ने सहमति भएको छ भने, त्यसपछि अर्को कार्यकाल डा. दिव्या सिंह शाहले गर्ने सहमति भएको छ । त्यसपछिको नेतृत्वका लागि भने निर्वाचन हुने छ ।

यसैबीच मानव अङ्ग प्रत्यारोपण गर्ने संस्थाको आयोजनामा प्रत्यारोपण सम्मेलन हुने भएको छ । ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्स’ नाम दिइएको सम्मेलन यही मंसिर २९ र ३० गते काठमाडौंमा हुने जनाइएको छ ।

सम्मेलनमा चिकित्सक र अनुसन्धानकर्ताहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सम्मेलनमा सहभागी हुने डा.श्रेष्ठले जानकारी दिए ।  सम्मेलनमा भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सहभागी हुने भएका छन् ।