२०८१ मंसिर २६ गते ९:५९ विकासन्युज
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार ७३९.५१ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्तावबमोजिम ९.५ प्रतिशतले हुन आउने ३ करोड ५३ लाख ७० हजार ५६५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनर्थ ०.५ प्रतिशतले हुन आउने १८ लाख ६१ हजार ६०८.७० रुपैयाँबराबरको नगद लाभांश छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.