२०८१ मंसिर २५ गते १०:५० विकासन्युज
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य समेत बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.