२०८१ मंसिर २४ गते १५:१५ विकासन्युज
काठमाडौं । जिरो इमिसन राइड एनले नयाँ स्कुटर ‘ईकुटर ई थ्री’ सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ईकुटर ई थ्री सार्वजनिक गरिएको हो ।
२०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ ।
यो स्कुटरमा नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायात संयोजन रहेको छ ।
ईकुटर ई थ्रीले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्ने जीरो इमिसन राइड एनले जनाएको छ ।
१ हजार ५०० वाट रेटेड मोटर पावर र ३ हजार वाट पिक पावर रहेको ईकुटर ई थ्रीले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ ।
यसमा एक पटक चार्ज गर्दा १००-१२० किमी सजिलै यात्रा गर्न सकिने आयोजकले जनाएको छ । यसैगरी ५/६ घण्टामै ब्याट्री फूल चार्ज हुन्छ । ब्याट्रीको वारेन्टी २० हजार किमी अथवा दुई वर्षसम्म रहेको छ । ईकुटर ई थ्रीको मोटरमा दुई वर्षको वारेन्टी पनि रहेको छ ।
यसैगरी, यसमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिप्ट अलार्म, ह्वील लक र एलसीडी डिस्प्ले पनि उपलब्ध रहेको छ ।
इकुटर ई थ्रीको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ ।
जिरो राइड इमिसन एन नेपालमा लुयुआन इलेक्ट्रिक स्कूटरको एकमात्र वितरक हो । सारथी ईकुटर नेपालमै पूर्ण रूपमा असेम्बल गरिँदै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.