२०८१ मंसिर २३ गते १६:४३ विकासन्युज
फाइल तस्बिर ।
काठमाडौं । विवादका पर्याय धरान उपमहानगरका प्रमुख हर्कराज राई (साम्पाङ) ले ठाडो शैलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन आग्रह गर्दै आइतबार सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका हुन् ।
प्रमुख राईले जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै पत्र पठाएका हुन् ।
उनले पत्रमा लेखेका छन्, ‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्तै पठाइदिन पर्यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’
उनले विधि नपुर्याइ पत्र पठाएका हुन् । उनको पत्रलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहन्छ ।
प्रमुख राई बेलाबेला विवादित अभिव्यक्ति दिएर चर्चामा आइरहन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.