ईसेवा होटल्समा ३ हजार ५ सयभन्दा बढी होटल, बुकिङ गर्न पैसा नलाग्ने

  २०८१ मंसिर २३ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले ईसेवामार्फत् नेपालका ५४ भन्दा धेरै जिल्लामा अवस्थित साना, मझौला तथा ठूला होटलहरू बुक गर्न सकिने जनाएको छ ।

होटलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३ हजार ५०० भन्दा बढी होटल रहेका छन् ।

ईसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सकिने कम्पनीले जनाएको छ । ईसेवा होटल्समा बिना अग्रिम भुक्तानी साथै आवश्यकताअनुसार बुकिङ रद्द गर्न पनि सकिने सुविधा रहेको छ ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ ।

यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ ।

सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्‍याउन सफल रहेको छ ।