एनपीएलको अवसरमा सामसङको टीभी किन्दा ३१ प्रतिशतसम्म छुट, ४ केमा लाइभ हेर्ने मौका

  २०८१ मंसिर २१ गते १३:२३     विकासन्युज

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ऐतिहासिक सिजनको अवसर पारेर टीभीमा ३१ प्रतिशतसम्म आकर्षक छुट ल्याएको छ ।

यस अफरमा क्युएलईडी टीभी, क्रिस्टल युएचडी ४ के टीभी र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ ।

ग्राहकका लागि १२ महिनाको अवधिमा शून्य ब्याजदरमा आफ्नो मनपर्ने टीभी सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ ।

यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् ।

एक्सचेन्ज पार्टनर (अर्कोस्टोर डटकम) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।

यो अफर पुस १६ गतेसम्म रहने बताइएको छ ।

सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरि यो अफर उपलब्ध गराइएको छ।