२०८१ मंसिर २१ गते १२:३९ विकासन्युज
काठमाडौं । बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ । विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो ।
पाटन नगरपालिका वडा नं ६ को पाटन बजार नजिकै पाटन-पञ्चेश्वर सडकखण्डको उदयदेव मन्दिर नजिकै पहिलो पटक पेट्रोल पप्प (आयल स्टोर) सञ्चालनमा सञ्चालक कृष्णसिंह भट्टले बताए ।
उनका अनुसार १२/१२ हजार लिटर क्षमताका दुईवटा ट्याङ्कहरु रहेका छन् । आयल स्टोरबाट नियमित इन्धन उपलब्ध हुनेछ ।
सञ्चालक भट्टले भने, ‘अब डिजेल पेट्रोल २४ सै घण्टा उपलब्ध हुन्छ । यसअघि आयल स्टोर नहुँदा निकै समस्या थियो । नजिक आयल स्टोर कतै थिएनन् । पसलहरूबाट किन्नुपर्थ्यो । १९० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिलिटरका दरले किन्नुपर्ने बाध्यता थियो । जुन ४०/५० रुपैँया महङ्गो हो ।’
अब आयल स्टोर सञ्चालनमा आइसकेको छ । आयल निगमले तोकेकै दररेटमा इन्धन उपलब्ध हुन्छ ।
आयल स्टोर सञ्चालनमा आएपछि त्यहाकाँ नागरिकहरू खुसी भएका छन् । योभन्दा अगाडि बैतडीको सतबाँझमा मात्रै आयल स्टोर थियो । बाहिर बजारबाट महंगो दरमा पेट्रोल खरिद गर्दा समस्यामा परेका नागरिकलाई अब सहज भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.