बीएमडब्ल्यू एक्स ७ एक सातामै बिक्री, मूल्य ७ करोड

  २०८१ मंसिर २० गते १८:०३     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स ७ एक्सड्राइभ ४० आई बिक्री भएको छ ।

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यो गाडी बिक्री गरेको हो । नेपाल भित्रिएको एक सातामै लक्जरी गाडी बिक्री भएको हो ।

यो गाडीको मूल्य ७ करोड नेपाली रहेको छ ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको छ ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।