२०८१ मंसिर १६ गते १५:३९ विकासन्युज
काठमाडौं । टुपीएम स्न्याक्स् एण्ड नुडल्स ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित ‘फ्युचर फरवार्ड स्टार ब्रान्ड’ पुरस्कार प्रााप्त गरेको छ ।
टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरे ।
यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको हो । यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँँदछ ।
आफ्ना विभिन्न स्वादिष्ट नुडल्स तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ ।
‘फ्युचर फरवार्ड स्टार ब्रान्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदीयमान ब्रान्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ ।
टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.