२०८१ मंसिर १५ गते १७:२४ विकासन्युज
काठमाडौं । काठमाडौंको धोबीधारास्थित आईआईएमएस कलेजले टेड एक्स आईआईएमएस कार्यक्रमको आयोजना गरेको छ ।
टेड एक्स यस्तो कार्यक्रम हो, जहाँ प्रेरणादायी ज्ञान र सन्देश बाँडिन्छ । स्थानीय वा अन्तर्राष्ट्रिय विशेषज्ञ, उद्यमी, अनुसन्धानकर्ता, कलाकारहरूले आफ्नो आफ्नो प्रेरणादायक विचारहरू प्रस्तुत गरिन्छ ।
टेड एक्स एक विश्वव्यापी पहल हो, जसले स्थानीय समुदायलाई प्रत्यक्ष वक्ता र टेड टक भिडियोहरू प्रस्तुत गर्दै कार्यक्रम आयोजना गर्ने अवसर दिन्छ । यो विचारहरू साझा गर्ने प्लेटफर्म हो जसको मुख्य उद्देश्य फैलाउन योग्य विचारहरू अनुसन्धान र खोजी गर्नु हो ।
नवीन र अनौठा विषयहरू प्रस्तुत गरेर मान्छेको सोचमा परिर्वतन ल्याउन टेड एक्स कार्यक्रमको आयोजना गरिन्छ, आईआईएमएस कलेजले पनि न्यूनतम मापदण्ड पुरा गरी यो कार्यक्रम सञ्चालन गर्न लाइसेन्स पाएको छ ।
यस्ता कार्यक्रमले पेशागत र व्यक्तिगत सम्बन्ध विस्तार गर्न सुनौलो अवसर हुने कलेजले जनाएको छ ।
कार्यक्रममा चलचित्र निर्माता आशुतोष बराही, प्राध्यापक तथा अनुसन्धानकर्ता सुदन झा, शारीरिक तथा मानसिक फिटनेस प्रशिक्षक तेन्जीन गुरुङले आफ्नो विचार राखेका थिए ।
उनीहरूले कृत्रिम बौद्धिकतामा प्रगति र यसका नैतिक प्रभाव, समग्र शिक्षामार्फत विद्यार्थीहरूको कल्याणको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको भविष्य, मानसिक स्वास्थ्यको सचेतना र वकालत र सांस्कृतिक सम्पदा र संरक्षणका विषयमा आफ्ना विचार राखेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.