२०८१ मंसिर १४ गते १३:३५ विकासन्युज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ ।
सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामा हत्ताक्षर गरे ।
उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ ।
रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको बताए । त्यस्तै, सलिकोका सीईओ क्षेत्रीले सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिंगो सलिको परिवार अत्यन्तै हर्षित भएको कुरा बताए ।
क्षेत्रीले एनपीएलको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामनासमेत व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.