२०८१ मंसिर १४ गते १३:०० विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन् ।
यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए ।
करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको हो । मन्त्रिपरिषदको बैठकले गत मंसिर १० गते श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.