पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन

  २०८१ मंसिर ११ गते १७:५६     विकासन्युज

काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन परेको छ ।  

विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  आवेदन परेका १५ जनामध्ये तीन जनाको नाम अस्वीकृत गर्दै १२ जनाको नाम स्वीकृत गरेको छ ।  

नेपालगञ्जका प्रा.डा वेदराज केसी, लमजुङका प्रा.डा दीपकबहादुर भण्डारी, तनहुँका प्रा.डा ज्ञानेश्वर शर्मा, कास्कीका प्रा.डा विश्वराज अधिकारी, तनहुँका प्रा.डा केदारनाथ घिमिरे, कास्कीका प्रा.डा पुष्पराज शर्मा, कास्कीका प्रा.डा सरोज कोइरालाको आवेदन स्वीकृत भएको छ ।  

यस्तै, तनहुँका प्रा.डा निर्मला जमरकट्टेल, नवलपरासीका प्रा.डा विष्णुराज तिवारी, रौतहटका प्रा.डा विनयकुमार मिश्र, गुल्मीका प्रा.डा टेकराज ज्ञवाली र तनहुँका प्रा.डा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको शिक्षा मन्त्रालयले जनाएको छ  ।