सम्पदा लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठलाई

  २०८१ मंसिर ११ गते १६:२५     विकासन्युज

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठले पाएका छन् ।

मंसिर १० गते सोमबार बसेको कम्पनी सञ्चालन समितिको बैठकको निर्णयअनुसार संस्थाका नायक महाप्रबन्धक पवनकुमार श्रेष्ठले सचिव पदको जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जरपश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २८ वर्षको अनुभव रहेको छ ।

साविक सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई बनेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका ४५ वटा जिल्लामा १५५ वटा शाखा सञ्जालबाट १,७८,३७८ घरधुरीहरूमा सेवा विस्तार गरेको छ ।

यस वित्तीय संस्थाले ९ अरब ७४ करोड ५७ लाख रुपैयाँ लगानीमा रहेको रकम र २ अर्ब ४७ करोड रुपैयाँ बचत परिचालन गरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.