२०८१ असोज १३ गते ८:२७ विकासन्युज
काठमाडौं । बाढी पहिरोका कारण सवारी आवागमनमा समस्या भएपछि तरकारीको भाउ बढेको छ । काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएपछि त्यसको प्रभाव तरकारीको मूल्यमा परेको हो ।
उपत्यका भित्रिने सडक सञ्जाल बाढी पहिरोले क्षति पुर्याउँदा तरकारीहरू पनि आउन पाएका छैनन् भने उपत्यकाभित्रै उत्पादन हुने तरकारीमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसको प्रत्यक्ष असर तरकारीको मूल्यमा परेको हो ।
फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी ११० रुपैयाँ, लोकल सानो गोलभेडा ७५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ९० रुपैयाँ पुगेको छ । जबकि हिजो भारतीय गोलभेडा १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ३०.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६१.६७ रुपैयाँ थियो ।
तरकारी बजारका अनुसार रातो आलु ७८.३३ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७४ रुपैयाँ, भारतीय प्याज सुकेको ११८.३३ रुपैयाँ, लोकल गाजर १९० रुपैयाँ, तराईको गाजर १६० रुपैयाँ, लोकल बन्दा ८५ रुपैयाँ, तराईको बन्दा ७० रुपैयाँ, स्थानिय काउली १४५ रुपैयाँ पुगेको छ । हिजो रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ, भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराईको गाजर १०५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ६५ रुपैयाँ थियो ।
रातो मूला २७.६७ रुपैयाँ र सेतो मूला (हाइब्रीड) २२.३३ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र तितो करेला आज ११० रुपैयाँ पुगेको छ । हिजो तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ४५ रुपैयाँ र तितो करेला आज ५५ रुपैयाँ थियो ।
लौका ९५ रुपैयाँ, घिरौला १३५ रुपैयाँ, रायो साग १४५ रुपैयाँ, पालूगो साग १९० रुपैयाँ, तोरीको साग ९५ रुपैयाँ, प्याज हरियो २७६ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=513297]
Copyright © 2025 Bikash Media Pvt. Ltd.