२०८१ असोज ११ गते ८:५६ विकासन्युज
काठमाडौं । शुक्रबार गोलभेडा र केही तरकारी बाहेक अधिकांशको मूल्य घटेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले भारतीय गोलभेडा प्रतिकेजी १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ३०.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६१.६७ रुपैयाँ तोकेको छ । जबकि हिजो भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ थियो ।
तरकारी बजारका अनुसार रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराईको गाजर १०५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ६५ रुपैयाँ, रातो मूला २७.६७ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २२.३३ रुपैयाँ तोकिएको छ ।
यस्तै लाम्चो भन्टा २७.६७ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ४५ रुपैयाँ, टाटे सिमी ७१.६७ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ५५ रुपैयाँ पुगेको छ ।
लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २७.६७ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी २७.६७ रुपैयाँ, भिण्डी ४२.३३ रुपैयाँ, बरेला ११५ रुपैयाँ, पिंडालू ४५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् ।
रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १५५ रुपैयाँ, च्याउ (कन्य) १६६.६७ रुपैयाँ, च्याउ (डल्ले) २७६.६७ रुपैयाँ, कुरीलो ४९० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ ।
[pdf id=512967]
Copyright © 2025 Bikash Media Pvt. Ltd.