फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’ फिचर

  २०८१ असोज १० गते १२:३९     विकासन्युज

काठमाडौं । हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ।

अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका ग्राहकले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन् ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरूले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् ।

हाम्रो बीएनपीएलमार्फत ग्राहकले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरूले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरूले छनोट गर्न सक्छन् ।

आफूलाई आवश्यक परेको वा मन परेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआर कोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बीएनपीएल भुक्तानीकाे माध्यममात्र नभइ नेपाली उपभोक्ताहरूका लागि इ-कमर्समा गेमचेन्जर फिचर भएकाे बताए ।

फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्यम हो । यसले योग्य प्रयोगकर्तालाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ । जसका लागि विभिन्न बैंकहरूसँग सहकार्य गरिरहेको छ ।

यसैगरी, हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो । हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन् ।