२०८१ असोज १० गते १२:०७ विकासन्युज
काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ बनाउन जिओमेटले दशैं पर्वलाई लक्षित गरी लामो दूरीका रात्रिबसमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने भएकाे छ ।
यस योजनाअन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा एक हजार वटा लामो दूरीका रात्रिबसमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए ।
संस्थापक गैरेले जीपीएस उपकरण बस सञ्चालकहरूका लागि वितरण गर्न लागेकाे जानकारी दिए । ‘जीपीएस उपकरण बस सञ्चालकहरूका लागि हो, जसले बसको हरेक गतिविधि ट्र्याक गर्न मद्दत पुर्याउनेछ,’ उनले भने ।
जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ।
यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ । साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसकाे अवस्थिति हेर्न सक्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.