२०८१ असोज ३ गते १४:५२ साैगात पुडासैनी
काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे ।
०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे ।
संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे ।
सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ ।
प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ ।
०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए ।
धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो ।
नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे ।
धरहराबाट खिचिएका तस्बिर
Copyright © 2024 Bikash Media Pvt. Ltd.