सलिकोले सञ्चालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

  २०८१ भदौ २६ गते १५:३८     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सलिकोको व्यापार र दावी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइराख्नुपर्ने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहालले बताए ।

सीईओ क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे । कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.