सांसद पोख्रेलको माग- बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ

  २०८१ भदौ २६ गते १४:३८     विकासन्युज

एमाले सांसद ऋषिकेश पोख्रेल । फाइल तस्बिर ।

काठमाडौं । एमाले सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलताअनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरि उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍याे भन्दै आएका छन् । स्वास्थ्य बीमाका कारण अहिले हजारौं जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ,’ सांसद पोख्रेलले भने ।

सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएकाे भएको योगदानबारे संसदमा स्मरण गरे ।

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रूपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए ।

सांसद डा. अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा संघले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.