उपसभामुख रानालाई पदबाट राजीनामा दिन एमालेले गर्‍यो आग्रह

  २०८१ भदौ २५ गते १५:११     विकासन्युज

नेकपा एमालेका सांसद गाेकुल बास्काेटा । फाइल तस्बिर ।

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उनले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए ।

उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताए ।

सांसद बास्काेटाले सदनमा पटकपटक कुरा उठिसकेकाले मार्गप्रशस्त गरे के बिग्रिन्छ भन्दै प्रश्नसमेत गरे ।

उनले आफ्नाे उदाहरण दिँदै प्रश्न उठेपछि राजीनामा दिएकाे पनि बताए ।

सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरूले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्नेमा जाेडसमेत दिए ।

याे पनि पढ्नूहाेस् : भिसा आवेदन प्रकरण: उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.