नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीताले गरिन् पदबहाली

  २०८१ भदौ २४ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदबहाली गरेकी छन् । अर्यालले आइतबार पदबहाली गरेकी हुन् ।

भदाै २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेकाे थियाे । उनकाे नियुक्तिको पदावधि चार वर्ष रहेकाे छ ।

यसअघि प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमकाे निमित्त प्रबन्ध निर्देशककाे जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।

उनी २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् ।

यसैगरी, अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.