केयूमा बिवाईडीको सहकार्यमा चार्जिङ स्टेशन सञ्चालन

  २०८१ भदौ २४ गते ११:३५     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएकाे छ । काठमाडौं विश्वविद्यालय र साइमेक्स इंक प्रालि (बीवाईडी)को सहकार्यमा चार्जिङ स्टेशन सञ्चालनमा आएकाे हाे ।

चार्जिङ स्टेशनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्त रूपमा गरे ।

बीवाईडीले इलेक्ट्रिक सवारीसाधनहरूको कम्पोनेन्टहरू पनि प्रदान गर्ने जनाएकाे छ । कम्पोनेन्टहरू केयूको प्रयोगशालामा राखिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिसँग जाेडिन सहयाेग पुर्‍याउने बताइएकाे छ ।

बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक ज्युलियाङले पृथ्वीकाे तापक्रम घटाउने लक्ष्यमा वातावरणमैत्री सवारीसाधन बढाउने लक्ष्य लिएकाे बताए ।

‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो । हामी वातावरणमैत्री सवारीसाधनहरूकाे संख्या बढाउने लक्ष्य राखेका छाैं,’ उनले भने ।

उनले बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको पनि बताए । यस सहकार्यमार्फत धेरै लाभान्वित हुने अपेक्षा केयूले गरेकाे छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यले नेपालमा हरित प्रविधिकाे भविष्यमा याेगदान दिने बताए । केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि साझेदारीको भविष्यको बारेमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.