२०८१ भदौ २० गते ७:०३ विकासन्युज
काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को अवितरित हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको अवितरित हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ ।
कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.