२०८१ भदौ १७ गते ७:१६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । राष्ट्रियस्तर कार्यक्षेत्र भएको लघुवित्तले ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्न विभिन्न पदहरूमा स्थायी रुपमा कर्मचारी मागेको हो ।
लघुवित्तले विभागीय प्रमुख तथा सहायक, कानून अधिकृत, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी मागेको हो ।
इच्छुक योग्य व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.